What is Share Market ||share market in nepal
Share Market In Nepal- सियर बजार नेपाल
अहिले नेपालमा सियर बजार सेयर बजारको बारेमा धेरै चर्चा परिचर्चा हुने गर्दछ। र चर्चा परिचर्चा अनुसारको फाइदाका कुराहरु पनि भइरहेकै छन । यदि तपाईं पनि के हो त सियर बजार भन्ने लागेको छ र तपाइलाइ पनि लगानी गरेर फाइदा लिन मन छ भने आउनुहोस् जानकारी लिनुहोस र फाइदा उठाउनुस आफ्नो सोचाइको ।
सियर भनेको के हो?
यदि तपाइले कुनै ब्यबसाय संचालन गर्ने सोच बनाउनु भयो या तपाइको ब्यबसायलाई बढाउने सोच बनाउनु भयो तर तपाइको आर्थिक स्थितिले भ्याएन भने तपाईं कि त काम रोक्नु हुन्छ कि त बैंकसङ्ग लोन लिनुहुन्छ । अब तपाइले लोन लिनु भयो भनी त बैंकलाई समयमा ब्याज बुझाउनै पर्यो बैंकको नियम अनुसार चल्नै पर्यो यसले गर्दा तपाइको ब्यबसायले राम्रो नाफा लिन सक्दैन ।त्यसैले तपाइको कम्पनिले जनतालाइ गुहार्नु पर्यो कि मलाइ सहयोग गर्नुस म तपाइलाइ कम्पनिले गरेको नाफाको केही हिस्सा तपाइहरुलाइ दिन्छु भन्नुहुन्छ हो यहि सहयोगलाइ नै सामान्य र सरल भाषामा सिएर भनिन्छ । तर जुन सुकै कम्पनिले सियर खोल्छु भनेर पाउदैन । यसका लागि कम्पनी सरकारी रुपमा दर्ता भएको हुनुपर्दछ । त्यसको साथ साथै सरकारले अनुमती पनि प्रदान गर्नुपर्दछ । जसले गर्दा सर्वसाधारण जनतालाइलाई विश्वास हुन्छ कि उनिहरुको लगानी सकेसम्म खेर नजाओस् । त्यसैले कम्पनिले पनि आफ्नो क्षमता अनुसारको सियर निस्कासन गर्दछ।
सियर कसरी लिने वा भर्नी?
सियर भर्नको लागि तपाइलाइ कम्तिमा 5 कुराको आवश्यकता पर्दाछ
1.नागरिकता
2.बैंक खाता
3. डिम्याट खाता(नम्बर)
4. CRN खाता(नम्बर)
5. तपाइको खातामा सियर किन्न सक्नी आवश्यक रकम
तपाइको नागरिकता र बैंक खाता भैसकेपछि जुन बैङ्कमा तपाइले खाता खोल्नु भएको छ त्यहा गएर डिम्याट अकाउन्ट बनाउनुस अनि CRN फर्म भर्नुस र डिम्याट कोर्ड CRN कोर्ड लिनुहोस। यी सबै कुराहरु गर्दा गर्दै तपाइले सिएर कसरी भर्नी भन्नी बारे धेरै कुराहरु आफै थाहा पाइसक्नुहुनेछ। जब कुनै कम्पनिने IPO[Initial Public Offer ] खुलाउछ तब तपाइले आफ्नै मोबाइलबाट सियर भर्न सक्नुहुनेछ । जसको लागि तपाइले mero share नामक app download गर्दा पनि हुन्छ नभएर mer share.com मा गएर पनि भर्न सक्नुहुनेछ । कसरी भर्नी भन्नी बारे जानकारी लिन र जान्न चाहानुहुन्छ भने
https://youtu.be/ZBCaiHZdZpI यो लिङ्कमा गएर भिडियो हेर्न सक्नु हुनेछ।
यहि IPO भर्नी प्रक्रियालाई नै Primary Market Primary Market भनिन्छ।
अब फाइदा / पैसा कसरी लिने?
तपाइलाइ IPO भरेपछी सिएर पनि पर्यो कम्पनिले नाफा पनि गर्दैछ । तपाइले रु.100 मा लिनुभएको एक कित्ता सियरको मूल्य बढेर धेरै माथी पुगिसक्यो र तपाइलाइ बेच्न मनलाग्यो भनी बेच्न सक्नुहुनेछ । बेच्नको लागि तपाइलाइ कसैको अनुमती लिनु पर्दैन र कसैले रोक्दैन पनि तर सियर बेच्नको लागि तपाइलाइ अनिवार्य रुपमा ब्रोकरको आवश्यकता पर्दछ । ब्रोकरले तपाइले बेच्न लागेको सियर किन्ने मान्छेलाइ खोजिदिन्छ र उसैले बेचिदिन्छ तपाइले कुनै झन्झट बेहोर्नु पर्दैन सो काम गरेबापत ब्रोकरले सरकारले तोके बमोजिमको कमिसन लिन्छ। तपाइले म कमिसन दिन्न आफै मान्छे खोजेर बेच्छु भनेर बेच्न चै पाउनुहुन्न। ब्रोकरको कमिसन र 5% कर काटेर बाकी रहेको पैसा सोझै तपाइको बैंक खातामा आउँछ जहाँ कुनै समस्या आउदैन तपाईं एकदम ढुक्क हुदा हुन्छ । यहि किन बेच गर्नी प्रक्रियालाई Secondary Market भनिन्छ।
तपाइलाइ लाग्न सक्छ ब्रोकरले फसाउने होकि भनेर तर त्यस्तो नसोच्नुस सबै ब्रोकरहरु नेपाल सरकार बाट अनुमती प्राप्त मात्र हुन्छन । त्यसैले तपाइहरु ढुक्क हुदा हुन्छ।
ब्रोकरलाइ काहा खोज्ने?
तपाइहरु बाहिर कतै गइरनै पर्दैन तपाइले घर बसि बसि ब्रोकरसङ्ग सपर्क गर्न सक्नुहुनेछ जसको लागि गुगल (google) मा गएर www.nepsetms.com सर्च गरि हेर्न सक्नुहुने छ । त्यहा तपाईंलाइ ब्रोकरको सम्पर्क नम्बर ठेगाना सब दिएको हुन्छ । तपाइले आफ्नो नजिक रहेको ब्रोकरसङ्ग सम्पर्क गरेर कारोबार गर्न सक्नु हुनेछ।
Secondary Market बाट तपाइले ब्रोकरको सहायताबाट बेच्न मात्रै हैन सियर किन्न पनि सक्नुहुनेछ।
सिएर मार्केटको बारेमा अझै धेरै जान्न चाहानु हुन्छ भनी Ideapreneur Nepal नामक Youtube channel मा गएर हेर्न सक्नुहुनेछ । धन्यवाद !

Comments
Post a Comment