What is Share Market ||share market in nepal

Share Market In Nepal- सियर बजार नेपाल अहिले नेपालमा सियर बजार सेयर बजार को बारेमा धेरै चर्चा परिचर्चा हुने गर्दछ। र चर्चा परिचर्चा अनुसारको फाइदाका कुराहरु पनि भइरहेकै छन । यदि तपाईं पनि के हो त सियर बजार भन्ने लागेको छ र तपाइलाइ पनि लगानी गरेर फाइदा लिन मन छ भने आउनुहोस् जानकारी लिनुहोस र फाइदा उठाउनुस आफ्नो सोचाइको । सियर भनेको के हो? यदि तपाइले कुनै ब्यबसाय संचालन गर्ने सोच बनाउनु भयो या तपाइको ब्यबसायलाई बढाउने सोच बनाउनु भयो तर तपाइको आर्थिक स्थितिले भ्याएन भने तपाईं कि त काम रोक्नु हुन्छ कि त बैंकसङ्ग लोन लिनुहुन्छ । अब तपाइले लोन लिनु भयो भनी त बैंकलाई समयमा ब्याज बुझाउनै पर्यो बैंकको नियम अनुसार चल्नै पर्यो यसले गर्दा तपाइको ब्यबसायले राम्रो नाफा लिन सक्दैन । त्यसैले तपाइको कम्पनिले जनतालाइ गुहार्नु पर्यो कि मलाइ सहयोग गर्नुस म तपाइलाइ कम्पनिले गरेको नाफाको केही हिस्सा तपाइहरुलाइ दिन्छु भन्नुहुन्छ हो यहि सहयोगलाइ नै सामान्य र सरल भाषामा सिएर भनिन्छ । तर जुन सुकै कम्पनिले सियर खोल्छु भनेर पाउदैन । यसका लागि कम्पनी सरकारी रुपमा दर्ता ...